
काठमाडौं । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या २० हजार ६४२ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या पनि सात लाख ४२ हजार ४१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार ७५२ नयाँ संक्रमित फेला परेका हुन् ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्र रहेको छ । महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ९ हजार २५० जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख १८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार ६३६ जनाको मृत्यु भएको छ ।
दिल्लीमा पनि कोरोना भाइरसका एक लाख दुई हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार १६५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा करिब ३० हजार संक्रमित फेला पर्दा ८२७ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा २३ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८०४ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १२ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोना भाइरसका चार लाख ५६ हजार ८३१ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्