×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ताल्चा फुटाएर तीन लाख ५० हजार नगद चोरी, थप अनुसन्धान जारी !

  • अर्थ सरोकार सम्बाददाता
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को एक सहकारी संस्थाबाट तीन लाख ५० हजार नगद चोरी भएको छ । प्रतापपुर गाउँपालिका–५ स्थित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट गए राति रकम चोरी भएको हो । संस्थाको कार्यालयमा रहेको ¥याकको ताल्चा फोडी रु तीन लाख ५० हजार चोरी भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।
स्थानीयवासी गोबरी धोबीको एक तले पक्की घरमा भाडामा रहेको उक्त सहकारीको कार्यालयको ढोकामा ताल्चा लगाउने कब्जासहित फोडिएको र ढोका खुल्ला रहेको देखेपछि घरधनी धोबीले संस्थाका व्यवस्थापक तिरणजित सैथवारलाई खबर गरेका थिए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: