×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘देशको अर्थतन्त्र मजबुद बनाउन सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्नू’ : सहकारीमन्त्री अर्याल (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । देशको अर्थतन्त्र मजबुद बनाउन सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका अवशरमा आयोजित कार्यक्रममा म न्त्री अर्यालले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । 
अहिले देश आर्थिक संकटमा रहेको अवस्थामा सहकारीहरुसँग रहेको ७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने बताउनुभयो । चलायमन क्षेत्रमा रकम लगानी गर्न सके सोचेअनुसारको नाफा आर्जन गर्न सकिने उल्लेख गर्दै उहाँले संकटको विषयम परिस्थितिमा रकम परिचालन गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउन आग्रह गर्नुभयो । विदेशबाट फर्किएका लाखौ नागरिक मध्ये धेरै फर्किने अवस्थामा नहरेकाले रोजगारीका क्षेत्रमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । देशको अर्थतन्त्र मजबुद नबन्दासस्म्म समृद्धि र विकासको चाहाना पुरा नहुने उहाँको भनाई छ । अर्थतन्त्रलाई मजबुद बनाउने माध्यम सहकारी नै भएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: