
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक । यालमु खोलामा आएको बाढीले श्री जम्बु बचत तथा ऋण सहकारी संस्थामा राखिएको नगदसहित अन्य समानहरु बगाएको छ । बाह्रबिसे नगरपालिका वडा न ५ जम्बुमा रहेको संस्थाको कार्यालयमा बाढी पसेपछि नगद मात्र होइन कार्यालयका सामग्रीसहित कागजात पनिखोलाले बगाएको संस्थाका अध्यक्ष जय बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार सहकारीमा निम्नानुसारको क्षति भएको छ
१.नगद (४,७९,०००)
२. कम्प्युटर, १ थान ( ८०,०००)
३. प्रिन्टर,१थान (४०,०००)
४. स्टिलको दराज २ थान ( ३४,०००)
५. फाइल र्याक १ थान (१०,०००)
६. काउन्टर १ थान (२५,०००)
७. कुर्सी २ थान (२४,०००)
८. टेबल १ थान (९५,००)
९. ईन्भटर र ब्याट्री १ थान (३८,०००)
१०. सोफा १ थान (२०,०००)
११. पंखा १ थान (३,०००)
१२. भ्याकुम क्लिन (१ थान ६,०००)
१३. सूचना पाटी १ थान (५,०००)
१४. सकल लालपुर्जा १० थान
१५. संस्थाको दर्ता प्रमाणपत्रस विधान शेयर प्रमाणपत्र लगायत सम्पूर्ण कागज पत्रहरु
यसरी पूरै सहकारीको कार्यालय नै बढीले बगाएपछि अव के हुन्छ वा यस्तो विषयमा के हुन्छ भन्ने कुरा चर्चा-परिचर्चा हुन थालेको छ । यस विषयमा के गर्ने भन्दा पनि अहिले बाढीपीडीतहरुलाई सहयोग गर्ने र यस विषयमा फुर्सदमा सल्लाह गरेर अगाडी बढ्ने स्थानीय सहकारीकर्मीहरुको भनाइ रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्