
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दर्जनौं कर्मचारी कोरोना संक्रमित भएपछी बल्ल ग्लोबल आइएमइ बैंक ‘कोरोना बीमा गर्नुपर्ने रहेछ’ भन्ने निष्कर्षमा पुगेको छ । आफ्ना दर्जनौं कर्मचारीहरु बीमाबापतको आउने जनही १ लाखबाट बन्चित भएपछी धेरै कर्मचारीले बैंकले ‘यति पनि नगरेको’ भन्दै आफैं बीमा गर्न थालेपछि बैंकले लाजैले सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ । स्मरण रहोस् नेपाली बैंकहरुमध्ये ग्लोबल आइएमइ बैंक सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक भइसकेको छ ।
https://arthasarokar.com/2020/08/Global-IME-Bank-Corona-4.html
अझ आफ्नो अकर्मन्यताको ढाकछोप गर्न बैंकले विज्ञप्तिमार्फत बैंकले यस विषम र प्रतिकूल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा दाबी गरेको छ ।
बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दाबी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।
विज्ञप्तिमार्फत बैंकले कोरोना बीमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको जनाएको छ । तर यहि काम दर्जनौं कर्मचारी संक्रमित हुनुभन्दा अघि किन काम भएन भन्ने प्रश्नले ग्लोबल आइएमइ बैंकको निर्णय क्षमता र आफ्ना कर्मचारीप्रतिको उत्तरदायित्व कति कमजोर रहेछ भन्नेसमेत पुष्टी गरेको धेरैको विश्लेषण छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्