
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आइपिओ भदौ ४ गतेदेखि जारी गर्ने भएको छ । संस्थाले प्रति प्रतिकित्ता १०० अंकित मूल्यका ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।
संस्थाले जारी गरेको आइपिओमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा भदौ ८ गतेसम्म आवेदन भरीसक्नुपर्ने छ । यस आइपिओमा तोकेको समय भित्र आइपिओ सबै बिक्रि नभएमा ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ। २०६८ सालदेखि सञ्चालनमा आएको यो संस्थाको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्