×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा, मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL

लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा, मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहीबार असोज १ गतेदेखि मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । व्यवसायीले झन्डै ६ महिनादेखि थन्किएका सवारीसाधन सञ्चालनमा ल्याउन थालेका हुन् ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै आजबाट यातायात सञ्चालनमा आएका हुन् । साबिकको भाडा दरमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने र एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।
स्वास्थ्य सावधानीका उपाय पालना गरे रनगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी