
- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ । सहकारी संस्थाहरुले अब कर्जाको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबार बसेको बैठकले सहकारीहरूले कर्जाको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । सहकारीहरूले उक्त व्यवस्थालाई कार्तिक १५ गतेदेखि लागु गर्नुपर्नेछ ।
यसअघि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो ।सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो ।
सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहनेगरी सन्दर्भ ब्याजदर तोकिएको जानकारी दिए । सरकारले सहकारी संस्थाहरुको ब्याजदर कायम गर्न सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैंक , केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्