×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वज्योती बहुउद्देश्यीय सहकारीले सञ्चालनमा ल्यायो सहकारी मार्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्वज्योती बहुउद्देश्यीय सहकारीले सञ्चालनमा ल्यायो सहकारी मार्ट

Artha Sarokar

३ आश्विन २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुर महानगरपालिका वडा नं १४ मा सञ्चालित विश्वज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. सहकारी मार्ट सञ्चालनमा ल्याएको छ । २ बर्षअघि सञ्चालनमा आएको यस सहकारी संस्थाले बहुउद्देश्यीय कार्यक्रम कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको हो । मुख्यतया आफ्नो सदस्यहरुलाई सर्वसुलव मुल्यमा गुणस्तरिय वस्तुहरु उपलब्ध गराउने उद्देश्यले सहकारी मार्ट सञ्चालनमा ल्याएको जानकारी संस्थाको अध्यक्ष दिपेन्द्र के.सी.ले जानकारी दिएका छन् । ललितपुर १४ ताल्छिखेल, पुरानो यातायात स्थित सञ्चालित उक्त मार्टमा सम्पुर्ण खाध्यान्न, घरायसी सरसमानहरु उपलब्ध छन साथै निकट भबिष्यमा होम डेलिभरी सुविधा समेत प्रदान गरिने अध्यक्ष के.सीको भनाइ छ ।
यस क्षेत्रको स्थानीय व्यक्तिहरुद्धारा स्थापित यस सहकारी संस्थाले छोटो समयमा नै यहाँका स्थानीय जनता तथा व्यवसायीहरुको मन जित्न सफल भएको छ । ललितपुर जिल्ला कार्यक्षेत्र भएको यस संस्थाले समय समयमा सदस्यहरुको क्षमता अभिवृद्धीका लागी विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको साथै सदस्यहरुको व्यबसाय स्थापना तथा विस्तारका लागी कर्जा मार्फत वित्तिय सुविधा प्रदान गर्दै आईरहेको छ । सदस्यहरुको सेवा र सुविधा लाई केन्द्रबिन्दुमा राखी गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित यस सहकारी संस्थाले गत आ.व. को अन्तिम लेखापरिक्षण भईरहेको र गत बर्षको नाफा बाट १० प्रतिशत लाभांस वितरण गर्ने तयारी भईरहेको जानकारी संस्थाको प्रबन्धक शुरेस राईले जानकारी गराएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी