×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारी विभागले भन्यो – ‘कात्तिकदेखि एउटै व्यक्ति २ वटा सहकारीमा सदस्य बन्न नपाउने पाईदैँन’

  • अर्थ सरोकार सम्बाददाता
चितवन । अब एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार कात्तिक १ गतेदेखि एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाइने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । 
सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ३ वर्षभित्र एउटा संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ । विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा ३ वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन् । 
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अब एउटा मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिए । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित सेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्नका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ । सहकारीको निर्देशन अटेर गरेमा २ लाख रुपैयाँसम्म जरिवाना गरिने उनको भनाइ छ । 
शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको संख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: