×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आए, उपत्यकाका यी ठाउँबाट सजिलै दैनिक उपभोग्य वस्तु पाइने….! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आए, उपत्यकाका यी ठाउँबाट सजिलै दैनिक उपभोग्य वस्तु पाइने….! (भिडियो रिपोर्ट)

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आज (बिहीबार) देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । 
काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी कोटेश्वर लगायत विभिन्न १६ स्थानमा र उपत्यका बाहिर विभिन्न ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । यस्तो पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, गेडागुडी, चिनी, नुन लगायतका वस्तुहरु सुपथ मूल्यमा खरिद गर्न सकिने छ । 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रमुख सर्मिला सुवेदीले चामल, दाल र चिनीमा प्रति किलो ५ रुपैयाँ छुट दिइएको बताउनुभयो । त्यस्तै बासमती चामल, गेडागुडी, र कर्णालीको दाल, मासुजन्य वस्तुमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको पनि उहाँले बताउनुभयो ।
कोभिड १९ को जोखिमका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विसका संस्थानले यस वर्ष एकीकृत रुपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन् । तर सबै कम्पनीले विक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो । आजदेखि सुरु भएको सुपथ मूल्य पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी