×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुढानिलकण्ठको नयाँ सन्देश सहकारी समस्याग्रस्त घोषित, ऋण उठाएर बचत फिर्ता गराउन ७ सदस्यीय समिति गठन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

बुढानिलकण्ठको नयाँ सन्देश सहकारी समस्याग्रस्त घोषित, ऋण उठाएर बचत फिर्ता गराउन ७ सदस्यीय समिति गठन !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषित गरिएको छ । बुढानिलकण्ठ नगरपालिका–५ मा कार्यालय रहेको उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषित गरिएको हो । सो संस्थाले रकम हिनामिना गरि संचालकको निजी स्वार्थका लागि दुरुपयोग गरेको आरोप सदस्यहरुले लगाएका छन् । 
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत पर्ने भएकाले सो संस्थाको व्यवस्थापन गर्नका लागि नगरपालिकाले सात सदस्यीय व्यवस्थापन समिति गठन गरी प्रक्रिया अघि बढाएको छ । समितिले संस्थाबाट ऋण लिएका सदस्यहरुलाई आफूले लिएको सावाँ, ब्याज सहित सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दाखिला गर्न अनुरोध गरेको छ । 
यस्तै कार्यालयले कोही कसैले अटेर गरी दाखिला नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।समितिले सम्पूर्ण बचतकर्ता सदस्यलाई सूचना पाएको मितिले ३० दिनभित्र प्रमाणसहित रकम दाबी गर्नसमेत जानकारी गराएको छ । संस्थाका सञ्चालकले २ हजार सदस्यको २५ करोड रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: