×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट चयन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट चयन

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट निर्विरोध चयन भएका छन् । संस्थाको १०औं वार्षिक साधारणसभाले ४ वर्षको लागि उनलाई अध्यक्षमा चयन गरेको हो । विष्ट यसअघि सचिव थिए । नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा आनन्दकुमार राउत, सचिवमा जीवनराज ओझा र कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ निर्बिरोध चयन छन् । यस्तै सदस्यहरुमा महेश खड्का केसी, निरहरी प्रसाद उपाध्याय र अर्जुन विश्वकर्मा समेत चयन भएका छन् । 
काठमाडौं न्युरोडमा मुख्य कार्यालय रहेर काठमाडौं ललितपुरमा सेवा केन्द्रबाट सेवा दिइरहेको सहकारीमा लक्ष्मण शर्माको संयोजकत्वमा लेखा समिति चयन भएको छ । यस्तै सदस्यहरुमा पम्फा कार्की र देवप्रसार घिमिरे निर्वाचित भएका छन् । निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीले आजै पदभार ग्रहण गरेका छन् । संस्थाले अहिले चाबहिल, नया बसपार्क, ललितपुर, तिनकुने, कालिमाटी लगायत सेवाकेन्द्रबाट सेवा दिँदै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: