×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेसनले मंसिर ३० मा बोलायो साधारणसभा, कहिलेदेखि हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले मंसिर ३० गते ५३औं वार्षिक साधारणसभा बोलाएको छ । कर्पोरेसनले ३५% लाभांश अनुमोदन गर्न साधारणसभा बोलाएको हो । कर्पोरेसनले सभा कम्पनीको केन्द्रीय कार्यालय, कालिमाटी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको २५% बोनस सेयर र १०% नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।
उक्त लाभांश साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: