- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी भएका छन् । उनले ६२ मत प्राप्त गरेकाछन् ।
कोरियाको हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेताका मालिक रहेका उनले लक्ष्मी समूहका कार्यकारी निर्देशक श्रेष्ठले झण्डै डेढ दशकदेखि महासंघको विभिन्न कार्यसमितिमा रहेर काम गरेका थिए ।
जीतपछी उनले सामाजिक संजालमा सबैलाई धन्यवाद दिंदै लेखेका छन्- जय भयो। बिजय भयौं । सबैलाई धन्यवाद !’