
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परिक्षा मंगलबारदेखी सञ्चालन गरिएको छ । परिक्षाको पहिलो दिन धनगढीका कलेज तथा विद्यालयहरुले प्रश्नपत्र ढिलो पुगेको गुनासो गरेका छन् ।
पहिलो दिन अंग्रेजि विषयको परिक्षा भएको भएतापनि समयमा प्रश्नपत्र नपुग्दा विद्यार्थी मर्कामा परेका थिए । यद्यपि सोहि ढिलाई अनुसार समय थप गरिएको भएतापनि मानसिक रुपमा धक्का परेको कैलाली बहुमुखी क्याम्पसमा परिक्षा दिन पुगेकी सृष्टी मल्लले बताईन । त्यस्तै प्रश्नपत्र ढिलो आएको कुरालाई स्विकार गर्दै सोहि क्याम्पसका क्याम्पस प्रमुख डा.पदमराज जोशीले सरकारको कमजोरीका कारण विद्यार्थीलाई केही हदसम्म भएपनि समस्या भएको बताए । उनले भने, ‘परिक्षार्थी कम भएको कलेज तथा विद्यालयमा त खासै केही समस्या भएन तर हाम्रोमा १९ सय परिक्षर्थि भएकोले अलि झण्झड भने पक्कै भयो ।’
त्यस्तै परिक्षा केन्द्रको रुपमै रहेको धनगढीकै त्रिनगर माध्यामिक विद्यालयका प्रअ भुपालसिंह खड्काले पनि प्रश्नपत्र ढिला आउँदा समस्या भएको बताए । उनले भने, ‘परिक्षा हुनभन्दा आधा घण्टा अगाडी प्रश्नपत्र पुग्नुपर्नेमा ३ मिनेट ढिलाई हुँदा परिक्षा सञ्चालनमै ढिलाई भयो ।’ लामो समयदेखी बन्द रहेको शिक्षा क्षेत्र र अथक प्रयासपछि सञ्चालन भएको परिक्षाको पहिलो दिन सरकारको यस किसिमको लापरवाहीका कारण शिक्षक चकित देखिन्थे भने विद्यार्थी हैरान बनेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्