×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा १९ लाख ५८ हजारमा बन्यो अपांगमैत्री फुटपाथ, एशियन कंक्रिटोद्वारा महानगरलाई आजै हस्तान्तरण (भिडियो)

PRIME CA

ललितपुरमा १९ लाख ५८ हजारमा बन्यो अपांगमैत्री फुटपाथ, एशियन कंक्रिटोद्वारा महानगरलाई आजै हस्तान्तरण (भिडियो)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । एशियन कंक्रिटो प्रा.लीले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ । हरिहर भवनदेखि एमएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण गरी आज महानगरपालिकालाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नौ उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एशियन कंक्रिटो कम्पनीले सम्पूर्ण लगानी रहेको फुटपाथ निर्माणमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताउनुभयो । महानगरपालिकाको अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झौता गरी अगाडी बढ्ने पनि बताउनुभयो ।
कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताउनुभयो । वातानुकुलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरिय उत्पादन र नयाँ प्रविधि नै रहेको उहाँले बताउनुभयो ।
कम्पनीले १९ लाख ५८ हजार ८७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रवन्ध निर्देशक मनोज केडियाले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: