×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार

PRIME CA

माउण्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माउण्टेन इनर्जी नेपालको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २६ गतेबाट खुला गरेको आइपीओमा बुधबार कार्यालयसमयसम्म आवेदन दिन सकिने भएको हो । मंगलबार सार्वजनिक विदा परेका कारण कम्पनीको आइपिओमा आवेदन दिने समय बुधबारसम्म लम्ब्याइएको थियो । 
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता सेयर बिक्री खुला गरेको हो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 
तर माउण्टेनको उक्त आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले जारी पुँजीको २०% अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 
यसमध्ये, पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: