
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा बजार ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ६७ लाखमाथिको कारोबार भएको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ४१ करोड ८ लाखमाथिको कारोबार भएको छ ।
त्यसपछि कारोबार क्रमश : हिमालयन डिस्टिलरि लिमिटेड र बोट्लर्श नेपाल (तराइ) को कारोबार भएको छ । आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटल र युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । इतिहासकै रेकर्ड ब्रेक भएसंगै नेप्से अल टाइम हाइमा पुग्ने तरखरमा छ । सर्वाधिक ६ अर्वको भएपछी केहि ब्रोकर हाउसहरुमा नाचगानसहित खुशियाली मनाएको खबार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्