
सोमबार राति छ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ । बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा रु १० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताउनुभयो । -रासस