×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्सको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ आज बाँडफाँट हुँदै, कहाँ र कति बजे हुँदैछ बाँडफाँट ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ आज बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आफ्नै कार्यालय नक्सालमा दिउँसो ३ बजे संस्थाको आइपीओ बाँडफाँट गर्ने जनाएको हो । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको थियो । यस आइपिओमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आइपिओमा ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । जुन आवेदन मागभन्दा ५.४९ गुणा बढी हो । यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिएका थिए । साथै मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नगरिकले पनि आवेदन दिएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: