×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने उद्देश्यसहित लक्ष्मी बैंकले गर्यो रुकुम पश्चिमका २ गाउँपालिकासँग सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने उद्देश्यसहित लक्ष्मी बैंकले गर्यो रुकुम पश्चिमका २ गाउँपालिकासँग सम्झौता

Artha Sarokar

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषी उद्यमि, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।
आज एक कार्यक्रम बीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कु प्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरे।
कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराए । कार्यक्रममा उपस्थित पूर्व उर्जामन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गरिने बताए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी