Skip to content
LAXMI SUNRISE BANK

‘वैदेशिक लगानीलाई अस्वीकृत गर्न हुँदैन, केही बुँदा सच्याएर भएपनि एमसीसी लागू गर्नुपर्छ’ : ऊर्जामन्त्री रायमाझी (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनिय्ुक्त उर्जामन्त्री रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानु पर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो ‘एमसीसीमा कतिपय सम्झौता गर्दाखेरी देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरु छन भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’
पछिल्लो समयका हरेका सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकोले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोडने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको उर्जा उत्पादनमा ठूलो नोक्सानी पु¥याउने बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK