![](https://arthasarokar.com/wp-content/uploads/2020/12/2-426.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कञ्चनजङ्घा पदमार्गमा पर्ने अम्जिलेसामा देखिएका विदेशी पर्यटकदेखि गुलरियाको खल्हियानमा धानको कुन्यो र धान स्याहार्दै स्थानीय किसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कञ्चनजङ्घा पदमार्गमा पर्ने अम्जिलेसामा देखिएका विदेशी पर्यटक । पछिल्लो सिजनमा दुई ग्रुप मात्र विदेशी पर्यटक आएको स्थानीय होटल व्यवसायीले बताएका छन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/33.jpg)
गुलरियाको खल्हियानमा धानको कुन्यो र धान स्याहार्दै स्थानीय किसान ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/36.jpg)
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको जङ्गलमा भेडिगोठमा ढिँडो पकाउँदै स्थानीयवासी । भेडाबाख्रा पालनका लागि जङ्गलमा गोठ बनाएर बस्दा प्रमुख खानाको रुपमा कोदो, जौ र मकैको ढिँडो पकाएर खाने गरिन्छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/30-3.jpg)
बेलडाँडी गाउँपालिका –३ बैवाहमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा किसान परियोजना दुई अन्तर्गत किसानले लगाएको तरकारी खेती बिहीबार अनुगमन गर्दै गाउँपालिकाका उपाध्यक्ष कमलादेवी कार्की, कृषि ज्ञान केन्द्र कञ्चनपुकरका प्रमुख डा दिलबहादुर बिष्ट ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/31-3.jpg)
झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ फ्याक्ट्रीमा शुक्रबार बिहान भएको आगलागी । आगो दमक, भद्रपुर र बिर्तामोडको बारुण यन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/32.jpg)
रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित कटहरेबेँसीका स्थानीय बासिन्दाले व्यावसायिक रुपमा लगाएका केराखेती ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/34.jpg)
रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा सञ्चालित स्वास्थ्य चौकी भवन स्तरोन्नति गर्दै कामदार ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/35.jpg)
डोटीको जोरायल गाउँपालिकामा आयोजना गरिएको १६ दिने लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा सहभागी भएका महिला ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/37.jpg)
पोखरा महानगरपालिका–२५ को मर्दीपुलबाट देखिएको सुन्दर अन्नपूर्ण हिम शृङ्खला ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/38.jpg)
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७, गार्मामा दुई हजार ८०० रोपनी क्षेत्रफलमा फैलिएको नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको क्षेत्र । गार्मामा संरचना निर्माण सम्पन्न भएपछि हाल काठमाडौँमा पर्वतारोहणको स्नातक र साहसिक पर्यटनको स्नातकोत्तर तथा ट्रेकिङ गाइड कक्षा सञ्चालन हुँदै आएको कक्षा यहाँबाटै सञ्चालन हुने र नेपाल सरकारले यही क्षेत्रमा पर्यटन विश्वविद्यालय निर्माणको योजना बनाएको प्रतिष्ठानले जनाएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/39.jpg)
पर्वतको जलजला गाउँपालिकाले कार्यालयको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि नियुक्त गरेका नगर प्रहरी ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/40.jpg)