×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपना मगरलाई भेटेर अर्थमन्त्री पौडेलले दिए बधाई, भने – ‘बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्छ’ (भिडियो)

PRIME CA
GLOBAL IME BANK

सपना मगरलाई भेटेर अर्थमन्त्री पौडेलले दिए बधाई, भने – ‘बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्छ’ (भिडियो)

२० मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिनुभएको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै विविसिको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिनुभएको हो । नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रसंसा गर्नुभयो । अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताउनुभयो । समाजसेवी सपनालाई विविसिले संसारका १ सय जना प्रभवशाली महिलाको सूचीमा पारेको छ । यसपछि मगरको कामको प्रसंसा देश भित्र मात्र नभई संसार भर भइरहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: