×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूद्वारा ‘कर्पोरेट-पे’ सेवाको सुरु, भयो नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता !

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूद्वारा ‘कर्पोरेट-पे’ सेवाको सुरु, भयो नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता !

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूले खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने कर्पोरेट-पे प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकार महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरे । याेसँगैं बैंकको संस्थागत ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस वा एनसिएचएल आइपिएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन् । संस्थागत ग्राहकहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ ।
साथै ग्राहकहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आवद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुँदा संस्थागत ग्राहकहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ । यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: