
अस्ट्रेलिया । चीनले सिन्जियाङमा गरेको श्रम शोषणका कारण अमेरिका र बेलयातले चिनियाँ सामग्रीहरुमा प्रतिबन्ध लगाएको छ । यस अभियानको सुरुवात संयुक्त राज्य अमेरिकाले गरेको थियो । बेलायतले पनि गत साता सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाएको थियो । अष्ट्रेलियाले पनि संयुक्त राज्य अमेरिका र बेलायतसँग सामेह हुँदै चीनमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियामा विदेशमन्त्री मोरिस पेनले भनिन्, ‘सिन्जियाङ रहेका कम्पनीहरुबाट आपूर्ति हुने वस्तुहरू स्रोतको आपूर्ति श्रृंखला र आपूर्तिकर्ताहरूलाई ठीकसँग जाँच गर्न आवश्यक छ ।’
अस्ट्रेलियाले सरकारले आफ्नो जातीय उइगुर मुस्लिम अल्पसंख्यकको व्यवहारलाई लिएर चीनमा दबाब बढाउन खोजिरहेको छ । चीनले ‘पुनः शिक्षा’ शिविरहरुमा एक मिलियन भन्दा बढी उइगुर र अन्य जातीय र धार्मिक अल्पसंख्यकहरुलाई पक्राउ गरेको छ । बेइजिङले भने यस दाबीलाई बारम्बार खारेज गर्दै यो क्षेत्रमा अलगावाद र धार्मिक कट्टरपन्थीको बिरूद्ध लडिरहेको तर्क गरेको छ । तर हिरासतमा भएका मानिसहरुलाई लगातार नियन्त्रणमा लिने र यातना दिने क्रमलाई भने बढाइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्