×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्यायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्यायो

Artha Sarokar

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले ३ वटा कम्पनीको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक सेयर आज देखि लिलामीमा बिक्री खुला गरेको हो । बैंकले आरएमडीसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९६ हजार ६४९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले माघ ४ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ भने आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ, ग्रामीणको २६९ रुपैयाँ र युनाइटेडको २४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट पनि आवेदन दिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी