
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गणपति माइक्रोफाइनान्सले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृत दिएको हो । राष्ट्र बैंकले लघुवित्तलाई माघ ९ गते पत्र पठाउँदै लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँ बोनस र कर प्रयोजनका लागि ८ लाख ७४ हजार ३०२ रुपैयाँ नगद लाभांश साधारण सभाबाट अनुमोदन गराएर वितरण गर्न अनुमति दिएको हो ।
लघुवित्त कम्पनीको सञ्चालक समितिको पुस २२ गते सम्पन्न सञ्चालक समितिको ७६औं बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्