×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

PRIME CA

कर्णाली डेभलपमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

अर्थ सरोकार

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंक विधुतिय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरठिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरेका छन् ।
एनसिएचएल आइपिएस प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटिजिए प्रणालीमार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आइपिएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु पनि गर्न सक्नेछन् ।
कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूरपश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्चात् उक्त क्षेत्रमा बैंकको डिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास बैंकले गरेकाे जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: