Skip to content
LAXMI SUNRISE BANK

खल्ती डिजिटल वालेट चौंथो बर्षमा प्रवेश, बार्षिकोत्सवमा ल्यायो यस्ता उपहार योजनाहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौंथो बर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरू गरेको तीन बर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।
‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । यसको प्रयोग गरेर मोवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याक समेत पाइन्छ । यसले गर्दा ग्राहकको नगदको बचतसमेत हुन्छ ।
खल्तीले बार्षिकोत्सवका अवसरमा प्रवर्धनात्मक योजना सुरू गरेको छ । यस योजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नेछन्। हरेक हप्ता :
  • डिटिएचको शुल्क भुक्तानी गर्नेलाई – १ टिभी
  • मोबाइल रिचार्ज गर्ने लाई – १ स्मार्टफोन
  • इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई – १ बर्षे इन्टरनेट सब्क्रिप्शन
  • खल्ती बैंक डायरेक्ट अन्तर्गत बैंक लिंक गर्दा – १ स्मार्ट वाच
यो योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना संचालन हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK