
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । मोरङ अटाेवर्क्सबाट सवारीसाधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपकाे इएमआइमा गएर माेरंग अटाे वर्क्स (एमएडब्ल्यु) इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहककाे नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ । खल्तीले यस्ताे सुविधा उपलब्ध गराएपछि माेरंग अटाेवर्क्सबाट सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज बनाएको छ।
खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लसब बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्