Skip to content
LAXMI SUNRISE BANK

नागरिक बहु–उद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न, बचतकर्ताहरुलाई गरियो यस्तो आग्रह !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । नागरिक बहु–उद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेश सभाका सभासद रजनी जोन्छेंको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । 
यस वर्ष कोभिड–१९ अर्थात कोरोना भाइरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी पुस ८ गतेदेखि पुस १७ गतेसम्म सदस्यहरुलाई कार्यालयमा उपस्थिति गराई आज साधारण सभा सम्पन्न गरेको संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए । कार्यक्रमलाई सम्वोधन गर्दै सांसद जोन्छेंले कोभिड– १९ को महामारीको समयमा पनि सदस्यहरुको सेवामा कुनै कमी हुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गरिन् ।
उनले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफस्न बचतकर्ताहरुलाई आग्रह गरिन् । संस्थाका अध्यक्ष देवलाल किसीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK