- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज १ हजार ३ सयले घटेर प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १४० रुपैयाँ कायम गरेको छ ।