×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्दुस बचत तथा ऋण सहकारीका कर्मचारीलाई चक्कु हानेर रकम लुट्ने ५ जना पक्राउ, ती को-को हुन् ? (सूचिसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सन्दुस बचत तथा ऋण सहकारीका कर्मचारीलाई चक्कु हानेर रकम लुट्ने ५ जना पक्राउ, ती को-को हुन् ? (सूचिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चाबहिलमा सहकारी संस्थाका एक कर्मचारीलाई चक्कु प्रहार गरी रकम लुटपाट गर्ने पाँचलाई जना प्रहरीले पक्राउ गरेको छ । सन्दुस बचत तथा ऋण सहकारी संस्था मैतिदेवीमा मार्केटिङ गर्ने कपनका २५ वर्षीय प्रेम गजमेरमाथि चक्कु प्रहार गर्ने उनीहरुलाई बिहीबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगर-२६ नरदेविका २६ वर्षीय अमित तुलाधर, भुरूङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन शाही नेपाली, बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा, चक्रपथ बस्ने २२ वर्षीय अभय तुलाधर र नरदेवि बस्ने १८ वर्षीय रोहित शाही हुन् ।
महाशाखाका अनुसार उनीहरूले बुधबार दिउँसो ३ बजे काठमाडौं-७ चाबहिलको ए वान क्याफे नजिकै सहकारीका कर्मचारीमाथि लुटपाट गरेका थिए । चक्कु प्रहारपछि घाइते बनेका गजमेरको झोलाबाट उनीहरूले एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ लुटपाट गरेका थिए । त्यसपछि उनीहरू स्कुटरमा फरार भएका थिए। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: