- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । संस्थाको ३१.५८% लाभांश पाउन आजसम्म सेयरधनि बन्नुपर्ने भएको हो । संस्थाले साधारणसभाका लागि फागुन ५ गते बुक क्लोज गर्ने भएको छ । सोहि कारण लाभांश पाउन आजै सेयरधनी बनिसक्नुपर्नेछ । संस्थाको साधारणसभा फागुन २१ गते बस्दैछ । सभा फरवार्डको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।