
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि – विर्तामोड न.पा. बडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि – एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेकाे बैंकले जनाएकाे छ ।
कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश १ का एरिया म्यानेजर मेघ राज तिम्सिनाले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्