- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज स्थिर रहेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार २४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।