
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थासहित ३ कम्पनीको साधारणसभा आज शुक्रबार हुँदैछ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था र युनाइटेड इदी मर्दी हाइड्रोपावरको साधारणसभा आज शुक्रबार हुँदैछ ।डिप्रोक्सको सभामा होटल मोनालिसा सौराहा, चितवनमा बिहान ११ बजे सुरु भएको छ भने सपोर्टको सभा होटल इस्टर्न प्यालेस इटहरी सुनसरीमा बिहान ९ बजेबाट सुरु भएको छ । यस्तै युनाइटेड इदी मर्दी हाइड्रोपावरको सभा होटल सांग्रिला भिलेज, पोखरामा बिहान ११ बजेबाट सुरु भएको छ ।
डिप्रोक्सले सभामा २०% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश दिन लागेको हो । यस्तै सपोर्टले सभामा लाभांश वितरण सम्बन्धी कुनै एजेन्डा छैन । बैंकले गत वर्ष भने १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गरेको थियो ।
यस्तै युनाइटेडको सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पेश गर्दैछ । आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्