×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘स्वच्छ हिमालय कार्यक्रम २०२१’ अन्तर्गत गरिने सगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘स्वच्छ हिमालय कार्यक्रम २०२१’ अन्तर्गत गरिने सगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालको अत्यन्त रुचाइएको रम ब्राण्डले नेपालको पवित्र हिमालयहरुको संरक्षण र सुरक्षार्थ विश्वकै बृहत्तर हिमालय सफाई अभियानमा आफ्नो संलग्नता जनाएको छ । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिज प्रा.लि.ले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ । खुकुरी रम र नेपाली सेनाबीच विश्वव्यापी रुपमा नेपालको पहिचान बनाइराख्न सधैं विशेष सम्बन्ध रहँदै आएको छ ।
उक्त कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरी, पुमोरि, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोहरुको सरसफाई गर्ने लक्ष्य राखेको छ । यस अभियानको थालनी ११ अप्रिल २०२१ बाट भएर ५ जुन, २०२१-विश्व वातावरण दिवसको दिनसम्म कायम रही सोही दिन समापन गरिन भएको छ । यो बृहत्तर प्रयासले सबै ६ वटा हिमालयहरुमा फ्याँकिएका करिब ७०,००० केजी तौल बराबरका उपयोगविहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरु, पालहरु, तथा क्यानहरुका फोहरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंमा पुर्याउने लक्ष्य राखेको छ । जहाँ फोहरहरु वर्गिकृत गरिनेछ र सोही अनुरुप व्यवस्थित गरिने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: