×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको अघिल्लो दिनको बजारमा १३.७९ अंकको करेक्सन, २८ करोड खरिदबिक्री रकमसहित एनसीसी बैंक अग्रस्थानमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनको अघिल्लो दिनको बजारमा १३.७९ अंकको करेक्सन, २८ करोड खरिदबिक्री रकमसहित एनसीसी बैंक अग्रस्थानमा

Artha Sarokar

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से सूचक १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा अडिएको छ । २१५ कम्पनीको ८९ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा २८ करोड रुपैयाँ भन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ ।
बुधबार कारोबारमा आएका १३ उपसमुहमध्ये ३ को सूचक सकारात्मक देखिएका छन् भने १० उपसमुहको सूचक सकारात्मक रहेका छन् । यस्तै २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । यसैगरी उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक ०.९८ प्रतिशतले बढेको छ । यस्तै अन्य उपसमुहको सूचक ०.९० प्रतिशत र व्यापार समुहको सूचक ०.२५ प्रतिशतले बढेको छ । यता फाइनान्स उपसमुहको सूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी