काठमाडौं । धरानको सब्जीमण्डीमा एनआईसी एशिया बैंकको क्युआर कोड सेवा सुरु भएकाे छ । बैंकले धरानमा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड सेवा सुरु गरेको हाे ।उक्त क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा हस्तानतरण गरे थिए । बैंकको अनुसार यस बैंककाे मोबाइल बैंकिङ्ग, फोन–पे प्रणालीमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप/वालेट मार्फत क्युआर कोडमा स्क्यान गरी रकम विक्रेतालाई भुक्तानी गर्न सक्नेछन ।
बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आवद्ध हुन चाहने नयाँ व्यापारीहरूका लागि बैंकले वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ । बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्