![](https://arthasarokar.com/wp-content/uploads/2021/04/1920-X-1080-252832529-27.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजारमा शुक्रबार बजार अनुगमन गरिरहेका गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलगायतदेखि आदर्श सञ्चार सहकारीका सञ्चालक तथा कर्मचारीले ६४औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङ बजार सरसफाइमा गरेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजारमा शुक्रबार बजार अनुगमन गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलगायत । अनुगमनका क्रममा केही पसलमा अखाद्य वस्तु बरामद भएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/1-61.jpg)
आदर्श सञ्चार सहकारीका सञ्चालक तथा कर्मचारी ६४औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङ बजार सरसफाइमा ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/6-13.jpg)
दोस्रो मेयर–उपमेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुक्रबार व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीलगायत ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/10-5.jpg)
रेडियो नेपालको ७१औँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङलगायत ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/9-8.jpg)
बागलुङमा हात्तीपाइले रोग अभियान अन्तर्गत बागलुङमा शुक्रबारदेखि शुरु भएको औषधि वितरण अभियानमा शुभारम्भ गर्ने क्रममा बागलुङ नगरपालिकाप्रमुख जनकराज पौडेलबाट औषधी सेवन ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/8-10.jpg)
तनहुँको व्यास नगरपालिका–४ निवासी क्यान्सर पीडित विकास दरैको उपचारमा सहयोग पु¥याउने उद्देश्य सहित शुक्रबार दमौलीमा आयोजना गरिएको तस्वीर प्रदर्शनी । उहाँले खिचेका तस्वीर विक्रीबाट रकम सङ्कलन गर्ने उद्देश्य राखिएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/7-11.jpg)
दाङको शान्तिनगर गाउँपालिका–५ मा बाख्रालाई रोग प्रतिरोधात्मक खोप लगाउँदै प्राविधिक । व्यावसायिक रुपमा पालन गरिएका बाख्रालाई खोप लगाउन थालिएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/5-14.jpg)
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना निर्माण कार्यको अनुगमन गर्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सादस्य । टोलीले प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित विकास आयोजनाको अनुगमन गरेको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/4-11.jpg)
तनहुँको बन्दीपुर गाउँपालिका–१, छपेली सामुदायिक वनको व्यवस्थापन गर्दै उपभोक्ता । डिभिजन वन कार्यालयले वन व्यवस्थापनमा उपभोक्तालाई जागरुक बनाउन थालेको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/3-14.jpg)
नुवाकोटको लिखु गाउँपालिका–४ स्थित चौघडाफाँट । कृषि उब्जनीको लागी जिल्लाकै उर्भरभूमिको रुपमा रहेको यस फाँटमा पछिल्लो समय परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/04/2-220.jpg)