×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्धारा ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्धारा ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई ६ लाख रुपैयाँ प्रदान गरेको हो । प्रतिपरिवार ९ हजार रुपैयाँदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो ।
कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो । यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित ६० हजार रुपैयाँसमेत सोही कार्यक्रमकाबीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: