
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । फेरी पनि बिष्णु पौडेलनै अर्थमन्त्री हुने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछी एकाएक संविधानत: मन्त्री पदबाट मुक्त भएका उनी नेपाली राजनीतिले ‘मिठो युटर्न’ मारेसँगै फेरी पनि अर्थमन्त्री हुने पक्कापक्की भएको छ । सत्तारुढ एमालेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय र जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कदमपछि ओलीले ऐतिहासिक जित हात पारेका हुन्। केपी ओलीको जीतसँगै अव अर्थमन्त्रीमा पनि विष्णु पौडेलले फेरी मौका पाउने भएका छन् ।
यता प्रधानमन्त्री ओलीले माधव नेपाललाई मनाउन सफल भएपछी अन्तत : अर्को सरकार बनाउने काँग्रेस र माओवादीको ‘रहर’ पूरा नहुने भएको छ । अब संविधानको धारा ७६ (३) अनुसार ओली नै ठूलो दलको नेताको हैसियतले फेरि प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्रीले ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्म संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकारको लागि आधारसहित दाबी पेस गर्न दलहरूलाई आव्हान गरेकी थिइन्।
यता माओवादी नेता प्रचण्डले माधव नेपालले आफुलाई धोका दिएको प्रतिक्रिया दिएका छन् ।
ओलीको यो जितसंगै उनको राजनीति लगभग सकिएको विश्लेषण धेरैले गरेका छन् ।
अव ओलीले जसरी चाह्यो नेपालको राजनीति त्यसरि नै अगाडी बढ्ने निश्चित भएको छ ।
अव उनकै नेतृत्वको सरकारले चुनाव गर्ने छ जहाँ माओवादीको केहि सिट पनि आउने कि नआउने भन्ने शंका उब्जिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्