×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

…र अन्ततः सञ्चालन भयो ‘गेटा आईसोलेसन’, बिरामीको उपचारमा कुनै कमी हुन नदिने व्यवस्थापन समितिको दाबी !

LAXMI SUNRISE BANK
GLOBAL

…र अन्ततः सञ्चालन भयो ‘गेटा आईसोलेसन’, बिरामीको उपचारमा कुनै कमी हुन नदिने व्यवस्थापन समितिको दाबी !

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा तयार गरिएको कोभिड केयर सेन्टरको काम अन्तिम चरणमा पुगेको छ ।
बढ्दो कोरोना संक्रमण र संक्रमितको संख्यालाई मध्यनजर गर्दै निर्माण सूरु गरिएको उक्त कोभिड केयर सेन्टरको तयारी ९० प्रतिशत सकिएको आईसोलेसनका फोकल पर्सन तथा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले बताए । उनले भने, ‘खानेपानी, बिजुलि, खानासँगै सरसफाईको सम्पुर्ण काम सकिएको छ, बिरामी राख्न आजैबाट सुरु गछौँ ।’
त्यस्तै विविध कारणले सञ्चालन गछौँ भनि ताकेता गरेको समयमा काम सम्पन्न गर्न असमर्थ भएको बताउँदै अध्यक्ष भट्टले तत्कालका लागि ५० शैया अक्सिजन सहित गरी सञ्चालन गरेको बताए । उनले उक्त आईसोलेसन सञ्चालनका लागि स्थानिय, प्रदेश र केन्द्र सरकारको समन्वय जारी रहनुका साथै आवश्यकता र अवस्थाको आधारमा आईसोलेसनको क्षमताअनुसार बेड संख्या बढाउँदै लैजाने समेत बताएका छन् ।
यता कोभिड केयर सेन्टरको कार्य सम्पादन उपसमितीका सदस्य विष्णुराज जोशीले आईसोलेसनका लागि सम्पुर्ण तयारी पुरा हुनुका साथै आवश्यक पर्ने जनशक्तिको व्यवस्था समेत भईसकेको बताए । उनले भने, ‘निर्माणाधिन गेटा मेडिकल कलेजमा निर्माण गरिएको उक्त कोभिड केयर सेन्टरको मुख्य उद्धेश्य भनेको कैलाली कञ्चनपुरका अस्पताहरुमा भईरहेको बेड अभावको समस्या समाधान गर्नु हो ।’ उनले थपे, ‘आईसियुमा राख्नु नपर्ने तर अक्सिजन र नियमित चिकित्सकको निगरानीमा राख्नुपर्ने बिरामीहरुका लागि आईसोलेसन पुर्ण रुपमा तयार भएको छ ।’
मेडिकल कलेजमा तयार गरिएको केयर सेन्टरको मुख्य उद्धेश्य नागरिकको ज्यान जोगाउनु रहेकोले यसमा राजनीतिक खिचातानी भन्दा पनि नितान्न सेवा प्रदानमा केन्द्रित हुने निवर्तमान उद्योगमन्त्री लेखराज भट्टका स्वकिय सचिव हितेश ओझाले बताए । उनले भने, ‘हामी सबैको अवको ध्यान नागरिकको ज्यान जोगाउनमै हुनुपर्छ ।’
अहिले प्रदेशकै रेफरल सेन्टर सेती प्रादेशिक अस्पतालसँगै विभिन्न नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दै आएको भएतापनि बेड अभावको समस्या भने रहेकै छ । गेटामा उक्त कोभिड केयर सेन्टर सञ्चालनमा आएसँगै उक्त समस्याको अन्त्य हुने भन्दै नागरिक पनि खुसी भएका छन् । त्यस्तै उक्त आईसोलेसनले कोभिड माहामारीका कारण मेडिकल क्षेत्रमा थपिएको चुनौती कम हुने विश्वास गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी