- अर्थ सरोकार सम्बाददाता
खोटाङ । नगदसहित तास खेलिरहेका ६ जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बैंक चोक डेरा गरी बस्ने रेवत विश्वकर्माको कोठामा तास खेलिरहेको अवस्थामा २८ वर्षीय गणेश बहादुर शंकरलगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ८ सय ८० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।