×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोडमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोडमाथिको कारोबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से झिनो अंकले बढेको छ । मंगलबार तुलनमा नेप्से ०.५६ अंकले बढेर २६७३.८८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१५ कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३२ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको ३५ करोड १६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट र अपि पावरको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: