Skip to content
LAXMI SUNRISE BANK

प्रदेश सरकारले ताप्लेजुङलाई पठायो १५ लाखसहित स्वास्थ्य सामग्री

अर्थ सरोकार

ताप्लेजुङ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले १५ लाखसहित १० शैया र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाउनु भएको छ । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो । कोभिड-१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख पठाउनुभएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईँले जनाकारी दिनुभयो ।
स्टेन, टुल बक्सलगायत १० थान शैयासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाउनुभएको छ । यससँगै २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँले जनकारी दिनुभयो । स्वास्थ्य सामग्री आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने गुरागाईँले बताउनुभयो । ताप्लेजुङसहित प्रदेश नं १ का हिमाली जिल्लाका लागि पिसिआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईँले जानकारी दिनुभयो । रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK