
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । कम्पनीको सो सेयर निर्धारित समय नबिकेपछि ४ दिन थप गरेर आज १३ गतेसम्म लम्ब्याइएको थियो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले जेठ २० गतेबाट १ः०.२९३८ अनुपातमा (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलसहित अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा शाखाबाट आवेदन दिन सकिनेछ ।
यस्तै नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन पाइनेछ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्